बेसीशहर
बुढ्यौली अनुहार, मुझा परेका छाला । झुस्स फुलेका दाह्री । न काट्ने कुनै जाँगर । दिसापिसाब गर्न शौचालय जान सहारा चाहिन्छ । ९५ वर्षको बुढ्यौलीले गलेको छ, शरीर । खुशी भन्दा दुःखै दुःखले गाँजेको छ । बेसीशहर १ उदीपुर पौडेलगाउँका सूर्यप्रसाद वस्तीको अनुहारमा बुधबार एकाएक चमक आयो । यो खुशी उनलाई नागरिकताले दिएको हो ।
सूर्यप्रसादलाई आज सम्म नागरिकता चाहिएकै थिएन । जिन्दगीमा उनले आफ्नो परिचय दिनका लागि कतै पनि नागरिकता देखाउनु परेन । ७० वर्षदेखि वृद्धभत्ता बुझ्दै आएका थिए । त्यसका लागि नागरिकता अनिवार्य थिएन । ‘बुबाले अस्थायी निस्साको आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनु भएको थियो,’ कान्छा छोरा नारायणप्रसाद वस्तीले भने ।
सरकारले चालु आर्थिक वर्ष देखि वृद्धभत्ता लिन नागरिकता अनिवार्य गर्यो । स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिन थाल्यो । नयाँ व्यवस्थाले सूर्यप्रसादका लागि नागरिकता जरुरी भयो । ‘अहिलेसम्म अस्थायी निस्साले चलेको थियो’, उनले भने, ‘नागरिकता नभई बैंकमा खाता खोलिदोँ रहेनछ, बल्ल चाहियो ।’
हिंडडुल गर्न नसक्ने वस्तीलाई प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले घरमै पुगेर नागरिकता दिएका हुन् । यसअघि २०३७ सालमा गाउँमा आएको टोलीबाट उनले अस्थाई निस्सा लिएका थिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया