श्रमिक संघ, संगठनहरुले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेकोमा आभार व्यक्त गर्दै काठमाडौंमा मंगलबार साँझ दिपावली गरेका छन । "/>

काठमाडौंमा श्रमिकहरुको दिपावली (फोटोफिचर)

काठमाडौंमा श्रमिकहरुको दिपावली (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

श्रमिक संघ, संगठनहरुले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेकोमा आभार व्यक्त गर्दै काठमाडौंमा मंगलबार साँझ दिपावली गरेका छन ।

सरकारले मंगलबार दिउँसो घोषणा गरेको सो योजनाको स्वागत गर्दै विभिन्न पार्टीका आवद्ध श्रमिक संघ, संगठनहरुले साँझ काडमाडौंको माइतीघर मण्डलामा दिपावली गरेका हुन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सहभागी रहेको दिपावलीमा श्रमिकहरुको योगदानको कदर हुने गरी सरकारले सो योजना ल्याएको स्मरण गर्दैै खुशीयाली साटासाट गरिएको थियो ।

कार्यक्रममा मजदुर नेताहरुले आफूहरुको लामो समयको संघर्षपछि प्राप्त भएको सो योजनालाई सफलतापूर्वक कार्यान्ववयनमा लैजान पनि सरकारको ध्यानाकर्षण गराएका छन । सरकारले ल्याएको सो योजनामा निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुले पेन्सनसहितको सुविधा पाउने व्यवस्था गरिएको छ ।

 

Logo