काठमाडौं । ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियानकर्ताहरुले निर्मलाको नाममा शतबीज छरेका छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान उनीहरुले निर्मलाको सम्झनामा पशुपति परिसरमा शतबीज छरेका हुन् ।
निर्मलाको सम्झनामा निधारमा ‘म पनि निर्मला’ लेखेको पट्टी बाँधेर र ‘सरकार भेटियो न्याय भेटिएन’ पोष्टर छात्तिमा टाँसेर उनीहरुले सतबीज छरेका हुन् ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । हत्या भएको चार महिना पूरा हुँदा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ ।
दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास रहेको छ ।
प्रकाशित: २० मंसिर २०७५ १२:०० बिहीबार