काठमाडौँ
प्रदेश ३ को भौतिक पूर्वाधारमन्त्रीबाट हटाइएका केशव स्थापित अनुगमनका लागि रसुवा आएका छन् । मन्त्री हुँदा प्रदेशबाट रसुवाका लागि बनाइएका योजनाको कार्यान्वयन अवस्था हेर्न आएको स्थापितले बताए ।
उनले भने, ‘रसुवा धेरै सम्भावना भएको जिल्ला हो, म मन्त्री हुँदा यहाँका लागि धेरै योजना छुट्टाएको थिएँ, त्यसैले मन्त्रीबाट हटे पनि यहाँका लागि बनाइएका योजना आफैँ हेर्न आएको हुँ ।’ समृद्ध रसुवा निर्माणका लागि धेरै सम्भावना रहेकाले प्रदेशले छुट्याएको बजेटको सदुपयोग गर्नु पर्नेमा उनले जोड दिए ।
जिल्लाको प्रदेश ‘क’ मा पर्ने क्षेत्रको अवलोकन भ्रमणका लागि प्रदेश सांसद प्रभात लामा नेतृत्वमा स्थापित सहित पाँच सदस्यीय टोली जिल्ला आएको हो । एक सातासम्म जिल्लामा रहने टोलीले गोसाइँकुण्ड र नौकुण्ड गाउँपालिकामा अनुगमन गर्ने बताइएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया