झापा

जिल्लाको शिवसताक्षी नगरपालिका ७ स्थित एक घरमा गएराती भएको आगलागीमा परि एकै परिवारका चार जनाको मृत्यु भएको छ । "/>

झापामा भएको आगलागीमा परि एकै परिवारका चार जनाको जलेर मृत्यु

झापामा भएको आगलागीमा परि एकै परिवारका चार जनाको जलेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापा

जिल्लाको शिवसताक्षी नगरपालिका ७ स्थित एक घरमा गएराती भएको आगलागीमा परि एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

राती ९ बजे तिरको समयमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु भएकोे हो । चारै जनाको घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । घरमा अचानक आगो लागेको र यसको कारण भने खुल्न नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक कैलाश रार्इका अनुसार आगलागीमा परि मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र ३ महिनाका बालक टिकाराम खनाल रहेका छन् । यस आगलागीमा खनाल परिवार सबैको मृत्यु भएको छ ।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ । काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो । 
विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । 

Skip This
Skip This
Logo