काठमाडौँ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शक्ति प्रर्दशन गरेको छ । "/>

शक्ति प्रदर्शनमा नेता प्रकाण्डले भने – सरकार नै बलात्कारी हो !

शक्ति प्रदर्शनमा नेता प्रकाण्डले भने – सरकार नै बलात्कारी हो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शक्ति प्रर्दशन गरेको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन दिवसको विशाल जनसभा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम मार्फत आधिकारीक पार्टीले आधिकारिक धारणा समेत प्रस्तुत गरेको छ । सरकारको विषयमा आफ्नो धारणा प्रस्तुत गरेपछि पार्टी आफ्नो कार्यगत नीतिमा भने अलमल देखिएको छ । लामो समय देखि देशमा पुनः सशस्त्र जनक्रान्ति आवश्यक भएको धरणा व्यक्त गर्दै आएको यस पार्टीले यसपटक पनि आफ्नो कर्यगत नीति प्रष्ट्याउन नसकेको हो ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आधिकारिक धारणा प्रस्तुत गर्ने क्रममा पार्टीको कार्यगत नीति सार्वजनिक गर्न सकेनन् । उनले सरकारबारे पार्टीको धारणा र क्रान्तिको अपरिहार्यताबारे प्रष्ट्याए ।

अर्कैको इसारामा सरकारले आफूहरू माथि दमन गरेको समेत प्रवक्ता प्रकाण्डले कार्यक्रममा बताए । दलालको इसारामा ओली सरकारले हाम्रो पार्टीलाई दमन गर्यो, सरकारले हाम्रो पार्टीलाई अघोषित प्रतिवन्ध गरेको छ । उनले भने, हाम्रा पार्टीका विरुद्ध सरकारले धेरै ठूलो षड्यन्त्र गर्यो तर जनता र पार्टीका अगाडी सरकार असफल भयो ।

पार्टीका सबै मन्त्रीहरू भ्रष्टाचारमा लागेको समेत प्रकाण्डले दाबी गरेका छन् । हामीले सात साल यता सङ्घर्ष गर्दै आयौं त्यो आन्दोलनको लक्ष्य राज्यको स्वाधिनता र जनताले राज्य संञ्चालन गर्ने अधिकार थियो , उनले भने, हामीले पनि आन्दोलन गर्यौं तर हाम्रो कान्ति बीचमा असफल भयो, नेपाली जनता सत्तामा पुगेन, बीचमा दलाल पुँजिपति वर्ग आएर अहिले त्यही वर्गले आन्दोलनको दुरुपयोग गरिरहेको छ, सत्तासिन छ ।

सामाजिक असुरक्षा बढेको र सरकार त्यसमा उदासिन बनेको आरोप पनि उनले लगाए । निर्मला बलात्कार र हत्या प्रकरणमा सरकारका मन्त्रीहरुकै नातेदारको संगलन्न रहेको आंशका गदै विश्वकर्माले अब निर्मलाको बलात्कार र हत्या प्रकरणको आफनै पार्टीले अनुसन्धान गर्ने र दोषी पत्ता लगाएर कारबाही गर्ने बताए ।
अन्नपूर्णबाट

 

Logo