कपिलवस्तु
सुद्धोदन गाउँपालिका– ४ मोतिभारीमा युवा नेता दिपेन्द्र चौधरीको शुक्रवार राति गोली हानी हत्या गरेको विरोधमा स्थानीयले सो क्षेत्रमा दिनभर प्रदर्शन गर्नुका साथै हत्याको आरोपमा अजित पाण्डेको घर, सवारीसाधन तथा पेट्रोल पम्पमा आगजनी तथा तोडफोड गरेका छन् ।
प्रदेश नम्बर ५ अन्तर्गत जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट गतवर्षको निर्वाचनमा स्वतन्त्र उम्मेदवार समेत रहेका राजाबावु भन्ने ३५ बर्षे दिपेन्द्र चौधरीको अज्ञात समुहले हत्या गरको हो । लवनी– हथिहवा सडक खण्ड अन्र्गत मोतिभारीमा रहेको घर नजिकै उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।
राती ९ः४० बजे चौधरी माथी गोली प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार टाउकोमा ५ वटा गोली हानिएको छ । स्थानीय स्तरमा निकै लोकप्रिय मानिएका राजाबाबुको हत्या पश्चात लबनी क्षेत्रको स्थिती तनावग्रस्त बनेको छ ।
उनको शवलाई बिहान १० बजे लबनी ल्याइएपछि उनका आफन्त तथा आक्रोसित स्थानीयले लवनीमा प्रहरी प्रशासन विरुद्ध चर्को नारा लगाउदै प्रर्दशन गरेका थिए। सिद्धार्थ राजमार्गको लबनी सडक खण्ड विहानै देखि बन्द छ । मृतक चौधरीको शव सडकमै राखेर उनका सर्मथकहरु आन्दोलित छन् । हत्यारा पक्राउ नपर्दा सम्म शव नउठाउने भन्दै स्थानीयले आन्दोलन चर्काएका छन् । प्रहरीले तोडफोड र आगजनी गर्ने समूहलाई नियन्त्रण गर्न ८ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको थियो । लबनी र मोतिभारी क्षेत्रको अवस्था अझै तनावपूर्ण छ ।
आक्रोशित भिडले हत्या आरोप लागेका बन्टी भनिने अजित पाण्डेको मोतिभारीस्थित घर, कम्पाइन मेशिन र लबनीस्थित प्रमिला पेट्रोल पम्पमा आगजनी र तोडफोड गरेका छन् । घटनाका आरोपी अजित तत्कालीन लवनी गाविसका पूर्व प्रधान हुन् ।
नागरिकबाट































प्रतिक्रिया