चाडपर्व लगायत बिबिध कारण देखाउंदै रोकिएको स्मार्ट लाइसेन्सको आबेदन आज (शुक्रबार) बाट खुलेको छ । यातायात व्यवस्था विभागले यस अघि नै देशैभर लाइसेन्सको फारामका लागि अनलाइन आबेदन अनिवार्य गरिसकेको छ ।
त्यसकारण घर/ कार्यालयबाटै लाइसेन्सका लागि आबेदन दिन सकिन्छ। लामो अवधिपछि आवेदन खुलेकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा समेत सचेत भएर काम गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपुगोस भनेर मंगलवार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको जानकारी दिए।
उनले आवदेकहरुले आज १० बजेपछि विभागको वेबसाइट खोलेर अनलाइन सवारी चालक अनुमतिपत्र क्लिक गरी अनलाइन फारम भर्न सकिने बताए ।
वेबसाइट ह्याङ्
लाइसेन्सका लागि आवेदन दिन खोज्नेहरुले भने सास्ती खेपीरहेका छन्। विभागको वेबसाइट (http://www.dotm.gov.np/) अहिले खुलेको छैन। कहिलेकाही खुले पनि पुरै साइट खुल्दैन। साइट खोलेर अनलाइन सवारी चालक अनुमतिपत्रमा क्लिक गर्दा ‘अन्डर कन्स्ट्रकसन’ भनेर संकेत देखाउछ। विभागका प्रबक्ता उपाध्यायले भने अत्यधिक प्रयोग गर्दा भएकाले साइटमा समस्या देखिएको बताए। उनले समस्या तत्काल समाधान हुने पनि जानकारी दिए।
६ लाख चालक लाइसेन्सबिहिन
यस अघि सबै प्रक्रिया पूरा गरेका करिब ६ लाख चालकले लाइसेन्स पाएका छैनन् । उनीहरुले विभागले दिएको चिटका भरमा सवारीसाधन चलाईरहेका छन्।
लाइसेन्स छाप्न जिम्मेवारी पाएको मालिका इन्कर्पोरेटले भने अहिलेसम्म जम्मा जम्मी ७० हजार प्रति लाइसेन्स छापेको जानकारी दिएको छ । उक्त लाइसेन्स विभागलाई बुझाउने तयारी भैरहेको छ । इन्कर्पोरेटले दैनिक २० हजार लाइसेन्स छाप्न सक्ने क्षमता रहेको बताए पनि सोचे अनुसार काम गर्न नसको र विभागले दिएको डाटा गलत हुने भएकाले समस्या आएको बताएको छ ।





























प्रतिक्रिया