सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भयो । "/>

‘ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरि किच्यो’

‘ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरि किच्यो’

केन्द्रबिन्दु
0
Shares

सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भयो । 
ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९ प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको थियो । 

तीब्रगतिमा आएको टिपरले बालकोट हँुदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको प्रतक्ष्यदर्शी राजाराम खत्रीले जानकारी दिए । उनले भने, “टिपर हुर्इँकिएर आयो, बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेर हामीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरि किच्यो ।” 

प्रहरीले टिपर र टिपर चालकलार्इृ भगाएको प्रतक्ष्यदर्शीले आरोप लगाएका छन् । प्रहरीले टिपर चालकलाई पक्राऊ गरेपछि भगाएको स्थानीयको भनाइ छ । स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनाबग्रस्त बनेको स्थानीय अमर श्रेष्ठले बताए । घटनाका कारण कौशल्टार हुँदै बालकोट, सिरुटार, बिरुवा, ललितपुरको चाँगाथली, टीकाथली, लुभु, लामाटार जानेहरु बाटोमै अलपत्र बनेका थिए भने बसमा आएका यात्रु रातको समयमा अलपत्र परेका थिए । 

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको र चालक तथा टिपर मालिकबारे जानकारी नआएको बताए । टिपर चालक फरार रहेकाले खोजी कार्य भईरहेको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo