कोरम नपुगेर अर्थसमितिको बैठक स्थगित

कोरम नपुगेर अर्थसमितिको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा अन्तर्गतको  अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक स्थगित गरिएको छ।  

सांसद सदस्यको न्यूनतम उपस्थित सङ्ख्या (कोरम) नपुगेपछि बैठक स्थगन भएको हो  । पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा ९ः३० बजेसम्म नौ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो । 

बैठकमा सहभागी हुन अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीका साथै अन्य सरोकारवाला मन्त्रालयका सचिव र उच्चपदस्थ अधिकृत बिहान ९ बजेअघि नै उपस्थित भएका भएका थिए । बैठक दिउँसो १ बजेसम्म बस्ने भएको छ । 

बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यतालिका छ ।

Skip This
Skip This
Logo