रुकुम पश्चिम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । "/>

रुकुममा श्रीमतीको गोली र छोराको खुकुरी प्रहार गरी हत्या

रुकुममा श्रीमतीको गोली र छोराको खुकुरी प्रहार गरी हत्या

केन्द्रबिन्दु
0
Shares

रुकुम पश्चिम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।

बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरालाई खकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेका थिए । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको खड्काले बताए । मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको थियो । उनको उपचारका लागि अस्पताल लैजाने तयारी पनि भईरहेको थियो ।

 

Logo