सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धन बहाहदुर श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाए अनुसार उनी इन्द्रावती गाउँपालिका वडा नम्बर ११ स्थित इन्द्रावती बगरमा आज मृत भेटिएका हुन् । "/>

सिन्धुपाल्चोकको इन्द्रावती किनारमा वडाध्यक्षको शव फेला

सिन्धुपाल्चोकको इन्द्रावती किनारमा वडाध्यक्षको शव फेला

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धन बहाहदुर श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाए अनुसार उनी इन्द्रावती गाउँपालिका वडा नम्बर ११ स्थित इन्द्रावती बगरमा आज मृत भेटिएका हुन् ।

उनको मृत्युको कारण भने खुलेको छैन । उनको शव इन्द्रावती नदी किनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा नदीमा डुबेर मृत्यु भएको देखिन्छ ।

बिगत एक दशक भन्दा वढी समय देखि सिपाघाट बजारमा उनी आफ्नै मेडिकल संचालन गर्दै आएका थिए । शुक्रबार साँझबाट उनी परिवारको सम्पर्कमा आएका थिएनन् । आज दिउँसो नदी किनारमा शव फेला परेपछि उनको मृत्युको कारण रहस्यमय रहेको बताइएको छ । श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।

 

Skip This
Skip This
Logo