काठमाडौँ

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजना अन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । "/>

अब पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै

अब पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजना अन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । सो राजमार्ग विस्तार अन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको विस्तार कार्य अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

हाल दुई लेनमा सञ्चालन भइरहेको सो राजमार्गलाई ४ लेनमा र सहरी क्षेत्रमा सर्भिस लेन सहित ८ लेनमा विस्तार गर्ने योजना अनुसार काम अघि बढाइएको उनले जानकारी दिए । ‘नारायणघाट–बुटवल खण्डमा सवारीसाधनको चाप अत्यधिक भएकाले यो खण्ड सबैभन्दा पहिले सुरु गर्न लागिएको हो,’ उनले भने, ‘यो खण्डको विस्तारका लागि कम्पनी छनोट भइसकेको छ, ठेक्का सम्झौता गर्न आउन छनोट भएको कम्पनीलाई आह्वान समेत गरिसकिएको छ ।’

सो खण्ड विस्तारका लागि विभागले चाइना सेट कन्स्ट्रक्सन कम्पनीलाई छनोट गरिसकेको विभागको आयोजना निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले जानकारी दिए । ‘अबको झन्डै डेढ महिना भित्र सो खण्डको सडक विस्तार कार्यका लागि ठेक्का सम्झौता भइसक्नेछ,’ इन्जिनियर शाक्यले भने, ‘दुई महिनाभित्र काम नै सुरु हुने अपेक्षा छ ।’

कमला नदी देखि पूर्व सप्तकोसी खण्ड निर्माणका लागि आह्वान गरिएको दुईवटै बोलपत्रमा चोैध चौध वटा कम्पनीको प्रस्ताव परेको छ । कुल १ हजार २७ किलोमिटर लम्बाइको उक्त सडक विस्तारका लागि कोसीदेखि पूर्व काँकडभिट्टासम्म, कमलादेखि पश्चिम नारायणघाटसम्म र बुटवलदेखि पश्चिमको खण्डको अध्ययन तथा डिटेल डिजाइन लगायतका काम पनि अगाडि बढाइएको बताइएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo