काठमाडौं । रौतहटबाट पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराईएको छ । स्वतन्त्र मधेशका अभियान्ता राउतलाई बिहीबार सर्वोच्चमा उपस्थित गरिइएको हो ।
बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि सर्वोच्च अदालतले ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। बिहीबार उक्त मुद्दामा बहस भएपनि फैसला भने शुक्रबार मात्रै आउनेछ ।
विखण्डनकारी गतिविधि गरिरहेको आरोपमा राउतलाई प्रहरीले असोज २१ गते रौतहटबाट पक्राउ गरेको थियो। उनलाई अदालतमा उपिस्थत गराउन मागसहित बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि प्रहरीले सर्वोच्चमा उपस्थित गराएको हो।





























प्रतिक्रिया