गुजरातको अहमदाबादमा एक महिलाको अपरेशन गरेर डाक्टरले पेटबाट करीब डेढ किलो धातुको सामान निकालेको छ । उक्त महिलाको अपरेशन अहमदाबादको सिविल अस्पतालमा गरिएको थियो । "/>

महिलाको पेटबाट निकालियो डेढ किलो धातु

महिलाको पेटबाट निकालियो डेढ किलो धातु

केन्द्रबिन्दु
0
Shares

गुजरातको अहमदाबादमा एक महिलाको अपरेशन गरेर डाक्टरले पेटबाट करीब डेढ किलो धातुको सामान निकालेको छ । उक्त महिलाको अपरेशन अहमदाबादको सिविल अस्पतालमा गरिएको थियो ।

महिलाको पेटबाट निकालिएको डेढ किलो धातुको सामान मंगलसूत्र, चुरा, ब्रेसलेट, किला, चेन, पिन, सहित केही सामानहरु थिए । यो बताइएको छ कि उक्त महिलाको मानसिक स्थिती सामान्य छैन । अस्पतालका एक वरिष्ठ डाक्टरले यो सम्पूर्ण घटनाबारे खुलाएका थिए ।

एकुफेजिया नामको दुर्लभ बिमारी महिला

उमेर लगभग ४५ वर्षिय मानसिक बिमारी महिलाको संगीता नाम रहेको खुलाएको छ । ती महिलाको उपचारमा खटिने डाक्टरले बताए अनुसार संगीता ‘एकुफेजिया’ नामको बिमारीले गस्त छिन् । यो एक दुर्लभ बिमारी हो, जसमा रोगी व्यक्तिलाई धातुको चिज खाने आदत हुने गर्छ ।

संगीत बाटो बाटोमा घुम्ने गर्थिन

खबर अनुसार संगीतालाई धेरै पटक सडकमा घुमिरहेको पाईएको थियो । संगीतालाई भेट्ने हरेक मानिसहरुले उनको मानसिक स्थिती बारे सजिलै थाहा पाउँदथे । त्यसपछि संगीतालाई अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । संगीतालाई एक मनोचिकित्सालयमा पठाइएको थियो ।
त्यहाँ संगीताले उसको पेट दुख्ने कुरा बताएकी थिइन् । डाक्टरले उनको पेटमा हात राखेर केही साह्रो चिजहरु भएको थाहा पाएका थिए । त्यसपछि संगीताको पेटको एक्स रे गरिएको थियो ।

पिनहरु फोक्सोमा पसेको थियो

एक्सरेको रिपोर्टमा संगीताको पेटमा धातुको धेरै सामानहरु एकै ठाउँमा रहेको पाइएको थियो । डाक्टरको अनुसार केही पिनहरु संगीताको फोक्सोमा पसेको थियो र पेटमा धेरै ठाउँ प्वाल परेको थियो ।

Skip This
Skip This
Logo