काठमाडौ
सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पुर्याउने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागका प्राविधिकहरूले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो । सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको १ वर्षपछि देशभर २० वर्ष पुराना सवारी चलाउन नपाइने नियम लागू गरे पनि उपत्यका बाहिर अझै कार्यान्वयन समेत भएको छैन ।
आफ्नै नीति लागू गराउन नसकेको सरकार व्यवसायीको दबाबमा अर्को निर्णय गर्न लागेको छ । यातायात व्यवसायीहरूले ‘फलामको आयु हुँदैन’ भन्दै सार्वजनिक सवारीको आयु नतोक्न दबाब दिँदै आएका छन् । व्यवसायीको उक्त दबाब र प्रलोभनमा परेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले सार्वजनिक सवारीको आयु २० वर्षबाट बढाएर २५ वर्ष पुर्याउने प्रस्ताव पेश गरेका छन् ।
कारोबारबाट































प्रतिक्रिया