मकवानपुर
लामो खिचातानी पछि प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन तीन नम्बर प्रदेश सभा बैठकमा पेश भएपनि अन्यौलता कायमै छ । प्रदेश सभाबाट गठित समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएपनि झण्डै तीन महिनापछि प्रदेश सभा बैठकमा पेश भएको थियो ।
असोज २२ गते प्रदेश सभा बैठकमा प्रतिबेदन पेश भएपनि एक महिना बित्दा पनि कहिलेदेखि छलफल हुन्छ भनेर यकिन छैन । प्रतिवेदन प्रदेश सभाको बैठकमा पेश नगरेको भन्दै सत्तापक्षीय सांसदहरु लगायतले आक्रोश पोखेपछि बल्ल तल्ल पेश गरेका थिए ।
तर प्रदेशको स्थायी राजधानीबारे सहमति नहुँदा प्रदेश सभा बैठक समेत प्रभावित बनेको छ । नेता र सांसदहरु प्रदेशको राजधानीमै केन्द्रीत हुँदा नामबारे खासै छलफल हुन सकेको छैन । बागमती, नेपाल मण्डल, नेवाः ताम्सालिङ्ग लगायतका नामबारे चर्चा भएपनि खासै गहन रुपमा दल र नेतृत्वले चासो दिएका छैनन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलहरुसँग परामर्श गरि सहमतीमा स्थायी राजधानी तोक्न सरकार लागि परेको बताए । प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति हुने बित्तिकै प्रदेश सभाको बैठक बस्ने समेत उनले स्पष्ट पारे । प्रदेश सभा सचिवालयमा झण्डै आधा दर्जन विधेयक दर्ता गराएपनि राजधानीबारे टुङ्गो लगाएपछि मात्र बैठक राख्ने पक्षमा सत्तापक्ष देखिन्छ ।
नागरिकबाट





























प्रतिक्रिया