कतार च्यारिटीअन्तर्गत बाँकेका अनाथ बालबालिका, अपाङ्गता भएका तथा गरीब विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

कतार सरकारको सामाजिक संरक्षण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सहयोग उपलब्ध गराएको हो । "/>

छ हजारदेखि ३२ हजारसम्म गरीब विद्यार्थीलाई सहयोग

छ हजारदेखि ३२ हजारसम्म गरीब विद्यार्थीलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

कतार च्यारिटीअन्तर्गत बाँकेका अनाथ बालबालिका, अपाङ्गता भएका तथा गरीब विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

कतार सरकारको सामाजिक संरक्षण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सहयोग उपलब्ध गराएको हो ।

जिल्लाका विभिन्न सामुदायिक विद्यालय, मदरसा र बोर्डिङ स्कुलमा अध्ययनरत ३३ जना अनाथ, अपाङ्गता भएका तथा गरीब बालबालिकालाई नगद सहयोग उपलब्ध गराइएको छ । सत्र वर्षमुनिका बालबालिकालाई नगद रु छ हजारदेखि ३२ हजारसम्म सहयोग उपलब्ध गराइएको छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा प्रमुख मनप्रसाद रेग्मीले बाँकेमा मधेशी तथा मुस्लिम समुदायका अभिभावक बढी निरक्षर भएकाले उनीहरुलाई साक्षर बनाउनुपर्नेमा जोड दिए ।

कतार च्यारिटी काठमाडौँका कार्यक्रम अधिकृत जियाउर रहमान खानले बाँके जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायका अनाथ, गरीब तथा असहाय बालबालिकाले शुल्क तिर्न नसकेर राम्रो शिक्षा आर्जन गर्न नसकेको अवस्थामा यस्तो सहयोगका लागि पहल गरिएको बताए । रासस

Skip This
Skip This
Logo