काठमाडौं

सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को बितेका चार महिनाको अवधिमा विभिन्न जिल्लामा रहेका ५२ वटा खानेपानी उद्योगमा सिलबन्दी गरेको छ । "/>

मापदण्ड पूरा नगरेका ५२ वटा पानी उद्योगमा सिलबन्दी

मापदण्ड पूरा नगरेका ५२ वटा पानी उद्योगमा सिलबन्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को बितेका चार महिनाको अवधिमा विभिन्न जिल्लामा रहेका ५२ वटा खानेपानी उद्योगमा सिलबन्दी गरेको छ । मापदण्ड पूरा नगरी पानी उद्योग सञ्चालन गरेको अनुगमन कर्ताले फेला पारेकाले सरकारी अनुगमन टोलीले ती पानी उद्योगमा सिलबन्दी गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमन टोलीले सो उद्योगमा सिलबन्दी गरेको सो विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी गराएका हुन् । सामान्य मापदण्ड पनि पूरा नगरी सञ्चालित ५२ वटा पानी उद्योग र विराटनगरमा सञ्चालित ११ वटा पानी उद्योगमा सिलबन्दी गरिएको हो ।

यस्तै मोरङमा सञ्चालित श्री गंगा जल उद्योग, गोमा रानी उद्योग, शुभ जल उद्योग, बुढीगंगा लगायतका ११ वटा पानी उद्योगमा सिलबन्दी गरेको छ । यस्तै मकवानपुर, चितवन, रुपन्देही, बारा, झापा, बुटवल लगायतका जिल्लामा सञ्चालनमा आएका पानी उद्योग मापदण्ड पूरा नगरेर सञ्चालनमा ल्याइएको भन्दै सिलबन्दी गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै मकवानपुर बेभरेज प्रालिमा र मकवानपुरमै रहेको शुभ बेभरेज इन्ड प्रालि, नेचुरल बेभरेज मकवानपुरमा रहेका पानी उद्योगमा पनि सिलबन्दी गरिएको हो । यस्तै चितवनमा रहेका पानी उद्योग ओम जल उद्योग, ब्रदर्स फुड एन्ड बेभरेज, प्रधान मिनिरल वाटर एन्ड बेभरेज इन्डस्ट्रिज चितवन लगातयका उद्योगमा सिलबन्दी गरेको छ । यस्तै मापदण्ड पूरा नगरेको भन्दै १२ असोजमा मणि खानेपानी सेवा धापासी र मराइन बेभरेज प्रालि टोखामा रहेको पानी उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिलबन्दी गरेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo