काठमाडौं
नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । १ किलो नक्कली सुन दिई नगद ४० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं टोखा नगरपालिका धापासी च्यासीडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका १७ का २५ वर्षीय पवन विक लाई पक्राउ गरेकोे हो ।
त्यस्तै पक्राउ पर्ने अन्यमा काठमाडौं पेप्सीकोला ३५ बस्ने धनुषा जनकपुर नगरपालिका ९ का ३५ वर्षीय मनिष ढुङगाना, काठमाडौं काडाँघारी बस्ने सर्लाही हरिवन ९ का २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार, काठमाडौं म्हैपी बस्ने सर्लाही लालबन्दी नगरपालिका १९ का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, काठमाडौं बौद्ध बस्ने धनकुटा राजारानी गाउँपालिका ६ का २५ वर्षीया सलिना शेर्पा भन्ने संगिता राई र काठमाडौं बौद्ध वेशीगाउँ बस्ने पर्सा विरुवागुठी १ का २९ वर्षीय सन्तोष कुमार लामा रहेका छन् ।
कार्तिक १६ गते नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा प्राप्त भएपछि ठगी कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ मध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख र संगिता राईबाट ७ लाख रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
नागरिकबाट































प्रतिक्रिया