कन्चनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना नाघ्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मलाका आमाबुबा, आफन्त र अधिकारकर्मीहरुले आइतबारदेखि अनिश्चितकालिन धर्ना शुरु गरेका छन्।
उनीहरुले धर्ना शुरु गरेकै दिन उदयपुरमा पनि उस्तै प्रकृतिका घटना भएका छन्। रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको शव मृत अबस्थामा फेला परेको हो। स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना लाफागाउँको अमला जंगलमा मृत फेला परेकी हुन्। शनिबार बाख्रा चराउन गएकी एल्जिनाको मुखमा नेपकिन खादेको अबस्थामा फेला परेको हो।
रातीसम्म पनि घर नफर्केपछि स्थानीयले उनको खोजी गरेका थिए। खोज्दै जाँदा मृत अबस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले स्थानीयको भनाइलाइ उदृद्ध गर्दै बालिकाको बलात्कारपछि हत्या भएको हुन् सक्ने आशंका गरेका छन्। कार्कीले घटनास्थलमा चिकित्सक र प्रहरीको तालिम प्राप्त कुकुर पठाइएको बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा टोली खटिएको छ। घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तरी विकट क्षेत्रमा पर्छ। एल्जिना स्थानीय बिद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।































प्रतिक्रिया