बलात्कारपछि गरिएकी निर्मला पन्तका आमाबुबा आजदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् ।

घटना भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि अधिकारकर्मी र नागरिक समाजसहितको समर्थनमा उनीहरु धर्ना बस्न लागेका हुन् । "/>

निर्मलाका आमाबुबा आजदेखि अनिश्चितकालीन धर्नामा

निर्मलाका आमाबुबा आजदेखि अनिश्चितकालीन धर्नामा

केन्द्रबिन्दु
0
Shares

बलात्कारपछि गरिएकी निर्मला पन्तका आमाबुबा आजदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् ।

घटना भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि अधिकारकर्मी र नागरिक समाजसहितको समर्थनमा उनीहरु धर्ना बस्न लागेका हुन् ।

निर्मला सबैकी छोरी भएकाले उनको न्यायका लागि आफूले सुरु गर्ने धर्नामा साथ दिन उनले सबैलाई आग्रह पनि गरे ।निर्मलाकी आम दुर्गा पन्तले  हत्यारा अहिलेसम्म पत्ता नलगाउँदा न्याय पाइने आशा मरेकाले धर्नामा बस्ने निर्णयमा पुगेको बताए ।

अनसनबाट पनि आफुहरुका माग सम्बोधन नगरिए आमरण अनसन बस्ने निर्मलाका बाबु यज्ञराज पन्तले घोषणा गरेका छन् । गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया बालिका निर्मला साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

Logo