प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने बताइएको छ । "/>

स्थायी राजधानी र नामकरण छिट्टै टुङ्गो लाग्ने

स्थायी राजधानी र नामकरण छिट्टै टुङ्गो लाग्ने

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने बताइएको छ ।

प्रदेशको राजधानी र नामकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकाले त्यसबारे अब छिट्टै टुङ्गो लाग्ने जनाएको छ ।

यसैबीच प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशको राजधानी र नामकरण छिट्टै प्रदेशसभा बैठकबाट टुङ्गिने बताए । हेटाँैडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौँडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् । रासस

Logo