सर्लाही
सर्लाहीको मलङ्गवामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडी भित्रै जलेर एक बालकको मृत्यु भएको छ ।
दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवासी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो ।
त्यस्तै ब्रहम्पुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दीपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।





























प्रतिक्रिया