देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

डोल्पामा जीप दुर्घटनादेखि कुलमानको ‘झिलिमिली तिहार’ योजनासम्म

डोल्पामा जीप दुर्घटनादेखि कुलमानको ‘झिलिमिली तिहार’ योजनासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

डोल्पा जीप दुर्घटनामा मृतकको संख्या १० पुग्यो

डोल्पामा भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या १० जना पुगेको छ । डोल्पाको सदरमुकाम दुनैबाट जुफाल गैरहेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खसेको हो। 

प्राधिकरणका ३ हजार भन्दा बढी कर्मचारी ‘स्ट्याण्डबाई’

कुशल ब्यबस्थापकको पहिचान बनाएका नेपाल बिधुत धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारलाई झिलिमिली पार्न बिशेष योजना ल्याएका छन्। घिसिङ्ले तिहारमा देशभर कहिँ कतै पनि लोडसेडिङ् नगर्ने लक्ष्यका साथ कर्मचारीहरुलाई तयारी अबस्थामा परिचालन गरेर योजना अघि सारेका हुन् । 

पद्मरत्न तुलाधरको शोभाभगवतीमा अन्तिम संस्कार

 मानवअधिकारकर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि गरिएको छ । उनको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो । निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्म निकालिएको शवयात्रामा सयौं मानिसहरु सहभागी थिए । विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको थियो ।

बाबुले आमाको हत्या गरेपछि नाबालक ४ सन्तान अलपत्र, सहयोगको अपिल

बुबाले आमाको हत्या गरेपछि ४ नाबालक सन्तान अलपत्र परेका छन् । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पनाह खोलाका ३३ वर्षीय दुर्गा बहादुर नेपालीले आफ्नै ३६ वर्षीया पत्नी सीता नेपालीको विभत्स तरिकाले हत्या गरेपछि नाबालक सन्तान अलपत्र परेका हुन् ।

श्रीमतीको विभत्स हत्या गरी तीन दिनसम्म जंगलको ओडारमा !

लगातार ओरालो लागेको शेयर बजार दोहोरो अङ्कले वृद्धि

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपालकै ठूलो २२७ किलोको कागको मूर्ति

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । 

मन्त्रीबाट विस्थापित भएपछि स्थापितको चीन भ्रमण स्थगित

प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितको चीन भ्रमण स्थगित भएको छ।मन्त्री पदबाट बर्खास्त भएपछि मन्त्री स्थापितको भ्रमण स्थगित भएको हो। स्थापित आइतबार चीन जाने कार्यक्रम थियो। 

जब रत्नपार्कमा आयोजित ‘काग’ सम्मेलनमा संयौंको संख्यामा काग आएपछि…

बर्दियामा मध्यराति गोली हानेर घरमै सुतिरहेका मोहन खटिकको हत्या

पद्यरत्न तुलाधरलाई श्रद्धाञ्जली दिन को को पुगे लाजिम्पाट ? (भडियोसहित)

बाबुको शव देऊ भन्दै खशोग्जीका छोराहरु साउदी सरकारमा

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo