काठमाडौँ

आइतवार निधन भएका मानवअधिकारकर्मी तथा वामपन्थी नेता पद्ममरत्न तुलाधरलार्इ सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । "/>

राष्ट्रिय सम्मानका साथ आज तुलाधरको अन्त्येष्टि गरीने

राष्ट्रिय सम्मानका साथ आज तुलाधरको अन्त्येष्टि गरीने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आइतवार निधन भएका मानवअधिकारकर्मी तथा वामपन्थी नेता पद्ममरत्न तुलाधरलार्इ सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । सोमबार (आज) सरकारका तर्फबाट सलामी अर्पण गर्दै राष्ट्रिय सम्मानका साथ तुलाधरको अन्त्येष्टि गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा तुलाधरको महत्वपूर्ण योगदान छ । अहिले तुलाधरको शव लाजिम्पाट स्थित घरमा राखिएको छ । सोमबार (आज) उनको अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार निधन भएका मानवअधिकारकर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरकी श्रीमती नीलशोभा तुलाधरलाई शोक सन्देश पठाएका छन् । सन्देशमा तुलाधर आफ्नो लामो समय देखिका मित्र रहेको र उनको निधनले आफुलाई अत्यन्तै मर्माहत तुल्याएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले तुलाधरसँग जेलमा सँगै विताएका क्षणको स्मरण गर्दै उनी एक सच्चा देशभक्त, लोकतन्त्रवादी, समानता तथा सामाजिक न्यायका पक्षधर र मानवअधिकारवादी रहेको उल्लेख गरेका छन् । तुलाधरले विभिन्न समयमा निर्भिकतापूर्वक देश, जनता र लोकतन्त्रका पक्षमा गरेको अनवरत योगदान आफ्नो स्मृतीमा आइरहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । समवेदना सन्देश प्रधानमन्त्री पत्नी राधिका शाक्यले परिवारलार्इ हस्तान्तरण गरेकी थिइन् ।
नागरिकबाट

 

 

Skip This
Skip This
Logo