मलामी गएर फर्कंदै गरेको ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

मलामी गएर फर्कंदै गरेको ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कन्चनपुरको बेदकोट नगरपालिका–८, काङ्ला पुलनजिकै एक ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बेदकोट नगरपालिका–४ का ३५ वर्षीय राजेन्द्र नागरी र सोही ठाउँका ३२ वर्षीय प्रेमसिंह धामी छन् । 

आइतबार मलामी गएर महाकाली नदीबाट फर्कंदै गरेको से१त ५४२२ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आएको म१च ३११ नम्बरको गाडीले ‘ओभरटेक’ गर्नेक्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको कन्चनपुर र धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । ट्याक्टरलाई ठक्कर दिने गाडीका चालक प्रेमसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

Logo