काठमाडौँ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायत भ्रमण रद्द भएको छ । हरेक वर्ष बेलायतको लण्डनमा हुने विश्वको प्रतिष्ठित वर्ल्ड ट्राभल मार्ट (डब्लूटिएम) मा सहभागी हुन जान लागेका मन्त्री अधिकारीको भ्रमण रद्द भएको हो ।
नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने मार्टमा नेपालका व्यवसायी सहितको ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै अधिकारी त्यसतर्फ जाने तयारीमा थिए । तर उनको भिसा नै च्यातिएपछि बेलायत जानबाट बञ्चित भएका हुन् ।
उनको भिसा लागेको राहदानीको पृष्ठ नै च्यातिएको देखिएको छ । भिएफएस ग्लोबल नेपालले मन्त्री अधिकारीको भिसा च्याति दिएको हो । नोभेम्बर १ मा जारी भएको अधिकारीको भिषा जारी भइसकेपछि भिषा स्टिकर च्यात्ने र पछि भिषा कट्टी गरिएको छ । ‘सी भिजिट’ उल्लेख भएको मल्टिपल इन्ट्री भिषा सन् २०१९ मे १ तारिकसम्म बहाल रहने उल्लेख छ ।
भिषा स्टिकर टाँसेपछि च्यातिएको र भिषा स्टिकर च्यातेपछि फेरि जर्बजस्ती टाँस्दा नमिलेको प्रस्ट देखिन्छ । त्यसपछि भिषालाई रद्द गर्ने संकेत स्वरुप रातो मसीको कलमले कट्टी गरिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया