देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

‘नाङ्गो पार्टी’ देखि शेरबहादुर देउवाको विश्राम अभिव्यक्तिसम्म

‘नाङ्गो पार्टी’ देखि शेरबहादुर देउवाको विश्राम अभिव्यक्तिसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

मुख्य समाचारहरु 

अर्घाखाँचीमा ‘नाङ्गो पार्टी’ गर्ने ६४ बिदेशीसहित ४ नेपाली पक्राउ

अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित बुङ्ची खोला बगरमा ‘ट्रान्सपार्टी’ गर्ने ६४ जना बिदेशी र ४ जना नेपालीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा–१० हर्रेका शालिकराम पोख्रेल, कपिलवस्तु बनगाइका मोतीराम गैरे, ललितपुर कुपन्डोलका शु–सान्त पौडेल र वारा कलैयाका दिपेन्द्र सोनारी रहेका छन् । २७ बर्षीय पौडेल मुख्य आयोजक हुन्। गैरेको जग्गामा उनीहरुले पार्टी गरेका थिए। पार्टीमा २२ जना बिदेशी महिलाहरु समेत सामेल थिए।  

वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका काम गर्ने

वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्याधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिन समेत श्रम स्वीकृति जारी गर्न लागेको हो ।

साफ यु–१५ मा नेपालको अर्को हार

साफ यु–१५ फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो स्थानका लागि भारतसंग भएको खेलमा पनि नेपालले हार व्यहोरेको छ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भएको खेलमा नेपाल भारतसँग १-० ले हार व्यहोर्दै तेस्रो स्थान पनि गुमाएको हो।

पीपीएल: काठमाडौंलाई हराउदै पोखरा पल्टन दोस्रो चरणमा प्रवेश

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को आजको पहिलो खेलमा काठमाडौं रोयल्सलाई पोखरा पल्टनले ४ विकेटले पराजित गरेको छ । यो जितसंगै पोखरा दोस्रो चरणमा पुग्ने प्रवेश गरेको छ । त्यस्तै आजको अन्तिम खेलमा बिराटनगर टाइटन्सबिरुद्ध चितवन राइनोजले जित हात पारेको छ । चितवनले ४ विकेटले बिराटनगरलाई पराजित गरेको हो । 

पीपीएल: सन्दिपको टिम बाहिरियो, पारसको टिम दोश्रो चरणमा प्रवेश

 

फूलमा आत्मनिर्भर बन्दै नेपाल (भिडियो रिपोर्ट)

फ्लोरिकल्चर एशोसियसनले यस बर्षको तिहारका लागि चाहिने आवश्यक फूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो बर्ष जस्तो यस बर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो ।

पार्टीलाई एक ढिक्का बनाइ सकेपछि विश्राम लिन्छुः सभापति देउवा

नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइ सकेपछि मात्र विश्राम लिने बताए ।

क्यान्सर निको पारिदिन्छु भन्दै पटक पटक बलात्कार

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo