काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना नाघेको छ । गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते शव फेला परेको थियो । "/>

अनुसन्धानको उपलब्धि शून्य, आन्दोलनकारी नै विभाजित (भिडियो रिपोर्ट)

अनुसन्धानको उपलब्धि शून्य, आन्दोलनकारी नै विभाजित (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना नाघेको छ । गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते शव फेला परेको थियो । उक्त घटना घटेको तीन महिना वितिसक्यो । निर्मलालाई न्याय दिनका निम्ति देशभर विभिन्न किसिमका आन्दोलनहरु भए ।

आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर शनी खुनाको मृत्यु भयो भने दर्जनौं व्यक्ति घाइते भए । घाइते मध्ये अर्जुन भण्डारा र उमेश देउवाको उपचार चलिरहेको छ । उनीहरु मध्ये अर्जुनको अझै होस खुल्न सकेको छैन् । निर्मलाको बलात्कार र हत्यापछि पनि कयौ बलात्कार र हत्याका घटनाहरु भईसकेका छन् तर निर्मलाका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् ।

Logo