वीरगन्ज

भारतबाट नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रसम्म भू–सतह भित्रबाटै पेट्रोलियम पदार्थ ल्याउन पाइप बिच्छ्याउने काम नेपालतर्फ ५८ दशमलव शून्य १ प्रतिशत सकिएको छ । "/>

पेट्रोलियम पाइप लाइन काम ५८ प्रतिशत सकियो

पेट्रोलियम पाइप लाइन काम ५८ प्रतिशत सकियो

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

भारतबाट नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रसम्म भू–सतह भित्रबाटै पेट्रोलियम पदार्थ ल्याउन पाइप बिच्छ्याउने काम नेपालतर्फ ५८ दशमलव शून्य १ प्रतिशत सकिएको छ । दुवै देशको कागजी सम्झौतापछि सात वटा सर्भे पूरा भई सुरु भएको जमिनमुनि पाइप गाड्ने काम नेपालतर्फ ४१ दशमलव ९ प्रतिशत मात्र बाँकी रहेको छ । यो नेपालतर्फको भू–सतहभित्र पाइप गाड्ने काम कुल ३६ दशमलव २ किलोमिटरमा १५ दशमलव २ किलोमिटर मात्र बाँकी रहेको हो ।

बन्द हडतालमा पनि भारतबाट नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रसम्म सिधा पेट्रोलियम पदार्थ ल्याउन कुनै बाधा व्यवधान नहुने लक्ष्य सहित दुवै देशका सरकारबीच सम्झौता भई अहिले युद्धस्तरमा पाइप गाड्ने काम भइरहेको छ । अहिलेसम्म नेपालतर्फ २१ किलोमिटर पाइप गाड्ने काम सम्पन्न भइसकेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्ट कार्यालय सिमराका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलले बताए । माटोको भू­बनोट समेत परीक्षण भए पश्चात् गत ६ वैशाखबाट नेपालतर्फ पाइप गाड्न थालिएको हो ।

गत वर्ष मंसिरबाट लक्षित ठाउँ पहिचान गरी काम सुरु भए अनुसार १५ महिना भित्र काम सम्पन्न गर्नुपर्ने समयसीमा छ । त्यसैअनुसार पाइप गाड्ने प्राविधिक र मेसिन समेत भारतबाटै ल्याएर काम भइरहेको छ । भारतबाट २२ जना र नेपालबाट सहायक समेत गरी कुल ३० जनाबाट निरन्तर काम भइरहेको छ । पाइप गाड्न पाइप जोड्ने ( बेल्डिङ ) को काम भने गत २३ फागुनबाटै सुरु भएको थियो ।
राजधानीबाट

Logo