काठमाडौँ

स्वदेशी लगानीमा निर्माणाधीन अहिले सम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत दोब्बर पुग्ने भएको छ । "/>

तामाकोसीको लागत दोब्बर : निर्माणको अवधि समेत चार वर्ष थप

तामाकोसीको लागत दोब्बर : निर्माणको अवधि समेत चार वर्ष थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

स्वदेशी लगानीमा निर्माणाधीन अहिले सम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत दोब्बर पुग्ने भएको छ ।

सुरुमा ३५ अर्ब २९ करोड लागतमा सम्पन्न हुने भनिएको आयोजनाको लागत अहिले बढेर करिव ७० अर्ब पुग्ने देखिएको हो । आयोजना निर्माण सम्पन्न हुने अवस्था सम्म व्याज समेत जोड्दा करिव ६९ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘ब्याज बाहेक ४९ अर्ब खर्च हुने अनुमान गरिएको छ,’ श्रेष्ठले भने, ‘ब्याज २० अर्बसम्म तिर्नुपर्ने हुन्छ ।’

लागत मात्र होइन, आयोजना निर्माणको अवधि समेत चार वर्ष पछाडि धकेलिएको छ । २०६७ साल देखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको आयोजनाको २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य थियो । तर भूकम्प, नाकाबन्दी लगायत विभिन्न अवरोधले आयोजनाको समयावधि दुईपटक सम्म थपिसकिएको छ।

‘आगामी वर्षको असार सम्ममा आयोजनाको परिक्षण गर्ने योजना छ,’ श्रेष्ठले भने, ‘अर्को वर्षको कात्तिकसम्म आयोजनाबाट ब्यापारिक रुपमा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।
नागरिकबाट

Logo