देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

टिपर सञ्चालन अनुमतिदेखि कुलमानको आग्रहसम्म

टिपर सञ्चालन अनुमतिदेखि कुलमानको आग्रहसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

स्वास्थ्य उपचारका लागि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम शुरु गरेका छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेका हुन् । चिकित्सकको सल्लाहअनुसार अस्पतालले डिस्चार्ज गरेपछि पनि अत्यावश्यकबाहेकसँग भेटघाटमा रोक लगाउने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा अस्पतालबाटै कामको थालनी

काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटो सहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

अब उपत्यकामा दिउँसो पनि टिपर सञ्चालन गर्न पाइने

त्यस्तै पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत कप्तान पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित दर्ता गरेको छ ।  चितवन राइनोज पहिलो खेलमा बुटवलसँग हारेको थियो भने दोश्रो खेलमा पोखरा पल्टनसंग हारेको थियो ।

पीपीएल: पारस खड्काको पहिलो जित, धनगढीको दोश्रो हार

त्यस्तै आज प्रहरीले चिनी मिल सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उखु किसानको ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तान नगरेको आरोपमा पक्राउ गरेको हो। त्यस्तै दोस्रो खेलमा सन्दिप लामिछानेले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। सन्दिप लामिछानेको विराटनगरले बुटवल ब्लास्टर्सबिरुद्ध १२ रनले जित हासिल गरेको हो ।

पीपीएल: सन्दिपको पहिलो जित, बुटवलको पहिलो हार

उखु कृषकलाई ४७ करोड भुक्तान नगर्ने अग्रवाल पक्राउ

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले तिहारमा लोडसेडिङ नहुने बताउदै तिहारलाई झिलिमिली बनाउन आग्रह गरेका छन्।

तिहारलाई झिलिमिली गर्नुहोस, लोडसेडिङ हुँदैन- कुलमान घिसिङ

 कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै धनगढीमा निर्मलाका परिवार, अधिकारकर्मी लगायतले प्रदर्शन गरेका छन् । बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

धनगढीमा ‘सिधा कुरा जनतासँग, बलात्कारी सरकारसँग,’ नारा लाग्यो

त्यस्तै आज अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् ।

भारतले बिश्वकै अग्लो मूर्ति बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार पल्लभभाइ पटेलको १८२ मिटर अग्लो प्रतिमा अनावरण गरेका छन् ।

चीनलाई उछिन्दै भारतले बनायो बिश्वकै अग्लो मूर्ति, यस्ता छन् बिशेषता

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo