प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारको अपडेट नेपाली संचारमाध्यमहरुमा आज प्रमुख समाचार बन्यो । ओलीलाई भेट्न आज सभामुख कृष्णबहादुर महरा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईसहित थुप्रै नेता कार्यकर्ताहरु आज अस्पताल पुगेका छन् । यदपि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अबस्था सुधारोन्मुख रहेको अस्पताल जनाएको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । “चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् “विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ”
डाक्टर भन्छन्, ‘७२ घण्टाको अब्जर्वेशनपछि प्रधानमन्त्रीलाई डिस्चार्जबारे सोच्छौं’
यस्तै आजबाट देशको राष्ट्रिय गौरबको आयोजना मानिने रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको कालोपत्रे गर्ने काम आजबाट सुरु भएको छ । मंगलबारबाट ३ किलोमिटर लामो तथा ६० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गर्न थालिएको हो । कालोपत्रेकोे काम पनि ४ महिनाभित्र सकिने आयोजनाले जनाएको छ । कम्पनीले हालसम्म कार्यप्रगति ५५ प्रतिशत भएको जनाएको छ ।
नेपालले अब तीन मुलुकसँग पनि द्विपक्षीय श्रम समझदारी (एमओआई) गरिने भएको छ । मलेसियासँग सोमबार बहुप्रतिक्षित श्रम समझदारी गरेको सरकारले अब कतार, ओमान र यूएईसँग पनि यस्तो सम्झौता गर्ने तयारी थालेको हो ।
त्यस्तै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको खबर पनि आजको प्रमुख समाचार बन्यो । झडपमा परी कांग्रेस कार्यकर्ता ५५ वर्षका रामविलास महतोको मृत्यु भएको थियो भने गोलीको छर्रा लागेर ६ जना घाइते भएका थिए ।
नेकपा कार्यकर्ताले गोली चलाउँदा कांग्रेस कार्यकर्ताको मृत्यु
अपराध र दुर्घटनाका खबर अन्तर्गत आज खुँखार डाँका मानिने मनिष मानन्धर ‘कट्टु’ पक्राउ परेको खबर प्राथमिकतामा परेका छन् । त्यस्तै छिमेकीको पत्नीसँग अवैध यौनसम्बन्ध राखेको आरोपमा एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाइएका छन् । महोत्तरी एकडारा गाउँपालिका—१ का दीलिप मण्डललाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका हुन् । त्यस्तै प्रहरीले एक लाख २६ हजार ४ सय अमेरिकी डलरसहित आज एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख रुपैयाँ घुससहित मगंलबार पक्राउ गरेको छ ।
काठमाडौं, रुपन्देही र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् ।
छिमेकीको पत्नीसँग अवैध यौन सम्बन्ध राख्नेलाई मोसो दलेर गाउँ घुमाईयो
बाख्रा चराउन वन गएकी किशोरीद्धारा रुखमा झुण्डिएर आत्महत्या
एक लाख २६ हजार डलरसहित चिनियाँ नागरिक पक्राउ
दुर्घटनामा ६ जनाको मृत्यु, ३० जना घाइते
नापी कार्यालयका सर्वेक्षक दुई लाख घुससहित पक्राउ
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया