बामपन्थी नेता पद्मरत्न तुलाधर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य समस्या आएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरी आईसीयूमा राखिएको पारिवारिक स्रोतले बताएको छ ।
उनलाई वरिष्ठ न्यूरोलोजिष्ट वसन्त पन्तले स्वास्थ्य परीक्षण गरिरहेको जनाइएकोे छ । उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएको छ ।





























प्रतिक्रिया