काठमाडौँ
भार्इटीकामा प्रयोग हुने मसलाको मूल्य ४० प्रतिशतसम्म बढेको छ । गत वर्षको तुलनामा यो वर्ष ४० प्रतिशत सम्म मूल्य बढेको हो ।
भार्इमसलामा प्रयोग हुने सुकुमेलको मूल्य गत वर्ष प्रतिकेजी १६ सय रुपैयाँ रहेकामा यो वर्ष २ हजार ७ सय रुपैयाँ पुगेको छ । यो मूल्य ४० प्रतिशत भन्दा बढी हो । गत वर्षको भन्दा यो वर्ष मसला महँगो भएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
तिहार नजिकिँदै गर्दा थोक व्यापारीले भार्इमसलामा २० प्रतिशत जति मूल्य बढाएको श्रेष्ठले बताए । उनले भने, ‘दसैं सम्ममा थोक मूल्य प्रतिकेजी १८ सय रुपैयाँ पर्ने सुकुमेलको एक सातामा केजीमा ६ सय रुपैयाँ बढेको छ । सोही सुकुमेललाई खुद्रा मूल्यमा बिक्री गर्दा उपभोक्तालाई प्रतिकेजी २ हजार ७ सय रुपैयाँ पर्ने गरेको उनले बताए ।
थोक व्यापारीले डलरको मूल्य बढेको बहाना बनाएर थोक व्यापारीले भार्इमसलामा मूल्य बढाएको पनि अध्यक्ष श्रेष्ठले बताए । तिहारको समयमा भाइमसला उपभोक्ताले धेरै नै प्रयोग गर्ने भएकाले व्यापारीहरूले त्यसकै मौका पारेर भार्इमसलामा मनपरी मूल्य लिने गरेको उनले बताए । श्रेष्ठका अनुसार गत वर्ष काजुमा खुद्रा मूल्य प्रतिकेजी १६ सय रुपैयाँ पर्ने गरेकामा अहिले प्रतिकेजी १७ सय रुपैयाँ पुगेको छ । किसमिसको मूल्य ५ सयबाट ७ सय, नरिवलको ४ सय रुपैयाँबाट ५५० रुपैयाँ पुगेको छ ।
ओखरको प्रतिकेजी ६ सय रुपैयाँबाट ७ सय रुपैयाँ, ल्वाङ १४ सय रुपैयाँबाट १५ सय, मखना १२ सय र छोकडा १७५ रुपैयाँ रहेको जानकारी पनि उनले दिए । व्यापारीका अनुसार तिहारको मसलामा मखन , सुपारी, अलैंची र सुकुमेललाई महत्वपूर्ण रूपमा लिने गरिएको छ ।
राजधानीबाट





























प्रतिक्रिया