काठमाडौँ

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको नवनिर्माण सुरु भएको छ । तीन वर्ष अघि पहिलोपटक प्रधानमन्त्री हुँदा ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा बनाउने अठोट गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यको औपचारिक सुरुवात भने केही दिनपछि गर्नु हुनेछ । "/>

धरहरा पूनर्निर्माणको औपचारिक शुरुवात केहि दिनमै हुने

धरहरा पूनर्निर्माणको औपचारिक शुरुवात केहि दिनमै हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको नवनिर्माण सुरु भएको छ । तीन वर्ष अघि पहिलोपटक प्रधानमन्त्री हुँदा ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा बनाउने अठोट गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यको औपचारिक सुरुवात भने केही दिनपछि गर्नु हुनेछ । तीन वर्ष अघि २०७२ बैशाख १२ गते आएको भूकम्पमा धरहरा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको नवनिर्माण सुरु भइसकेको जानकारी दिनुभयो । धरहरा निर्माणको क्रममा अहिले स्थलगत सरसफाइ तथा ‘साइट क्लियरेन्स’ को काम भइरहेको जानकारी उहाँले दिनुभयो । धरहराको नवनिर्माण रमण र जेडआईईसीले संयुक्त रूपमा गरिरहेको छ ।

प्राधिकरणका सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले बहुप्रतीक्षित धरहरा नवनिर्माण प्रक्रियालाई तीव्रता प्रदान गर्दै त्यसको औपचारिक शिलान्यासको तयारी भइरहेको जानकारी दिनुभयो ।

तिहार अघि नै शिलान्यास गर्ने तयारी भइरहेको बताउँदै उहाँले त्यसका लागि प्रधानमन्त्री ओलीको समयका लागि प्राधिकरणले प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो । प्राधिकरणका अनुसार कुल ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा अबको दुई वर्षभित्र निर्माण भइसक्ने छ । नयाँ डिजाइन अनुसार धरहराको लागत तीन अर्ब ४८ करोड रुपैयाँ हुनेछ ।
गोरखापत्रबाट

Logo