काठमाडौँ

मुग्लिन–नारायणघाट सडकखण्डका पाँच वटा पुल जोखिममा छन् । सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले क्षमता विस्तार गर्नुपर्ने १४ वटा पुल मध्ये पाँच वटा जोखिममा रहेको जानकारी दिए । "/>

मुग्लिन–नारायणघाट सडकका पाँच वटा पुल जोखिममा

मुग्लिन–नारायणघाट सडकका पाँच वटा पुल जोखिममा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मुग्लिन–नारायणघाट सडकखण्डका पाँच वटा पुल जोखिममा छन् । सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले क्षमता विस्तार गर्नुपर्ने १४ वटा पुल मध्ये पाँच वटा जोखिममा रहेको जानकारी दिए ।

मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ । महाशाखाको टोलीले सोमबार यो सडकखण्डका पुल अनुगमन गरेको छ । टोलीले तत्कालै पुनर्निर्माण गर्नुपर्ने र नयाँ निर्माण प्रक्रिया थाल्नु पर्ने १४ वटा पुलमध्ये पाँचवटालाई जोखिमको सूचीमा राखेको हो ।

३६ किलोमिटर लामो यो सडकखण्डका १८ वटा पुलमध्ये चार वटा ठेक्का लागेर निर्माणको चरणमा छन् । बाँकी १४ वटा मर्मत गरेर फराकिलो र नयाँ बनाउनु पर्ने अवस्था छ । यो सडक स्तरोन्नति पूरा भएर सञ्चालनमा आइसकेको छ । तर पुलकै कारण सवारी आवागमनमा समस्या हुने देखिएको छ । अहिले सडक राम्रो भएको र सवारीको चाप नपर्ने हुँदा समस्या छैन । तर पाँच वटालाई भने कसरी निर्माण गर्ने र विकल्प के हुन सक्छ भनेर अनुमगन गरिएको थापाले बताए ।

एसियाली स्तरको बनेको यो सडकका १४ वटा पुल जतिसक्दो छिटो बनाउनु पर्ने चुनौती सडक विभागलाई छ । यी पुल तीन महिना भित्र ठेक्का प्रक्रियामा गइहाल्ने गरी विभागले गृहकार्य पनि अघि बढाएको छ ।
अन्नपूर्णबाट

Logo