अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न सरकारलाई दवाव दिईरहेका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि सोमबार पनि १ घण्टा धर्ना दिँदै उनीहरुले स्वतहः स्थायी गर्न सरकारलाई दवाव दिएका हुन । "/>

अस्थायी कर्मचारीको सरकारलाई दवाव

अस्थायी कर्मचारीको सरकारलाई दवाव

केन्द्रबिन्दु
0
Shares

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न सरकारलाई दवाव दिईरहेका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि सोमबार पनि १ घण्टा धर्ना दिँदै उनीहरुले स्वतहः स्थायी गर्न सरकारलाई दवाव दिएका हुन ।

२० वर्षसम्म सरकारी सेवा गरेका आफूहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका उपाध्यक्ष कुमार राउतले चेतावनी दिए । उनले सरकारले आफूहरुको माग सम्बोधन गर्न चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गरे ।

आईतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन पत्र बुझाउन गएका संघका पदाधिकारीलाई मन्त्री पण्डितले भेट नदिएपछि संघले धर्नासहितको दवाव अभियान सुरु गरेको हो ।

अस्थायी, करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुले स्वतः स्थायी गर्ने आफूहरुको माग सम्बोधन गर्नुको साटो सरकारले स्वच्छिक अवकाशको प्रस्ताव ल्याएकोमा आपत्ति जनाउँदै आईतबारबाट दैनिक एक घण्टा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिन सुरु गरेका छन ।

उनीहरुले आफूहरुको माग सम्बोधन नभए छठ पछिबाट देशभर आन्दोलनको कडा कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेका छन ।

Logo