उदयपुर । बलात्कारको प्रयास गरेको कसुरमा तीन बालकलाई १५ दिनको जेल सजाय सुनाईएको छ । जिल्ला अदालत उदयपुरले एक १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको कसुरमा तीन बालकलाई १५ दिन कैद सजायको फैसला सुनाएको हो । "/>

बलात्कारको प्रयास गर्नेलाई १५ दिनको जेल सजाय

बलात्कारको प्रयास गर्नेलाई १५ दिनको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

उदयपुर । बलात्कारको प्रयास गरेको कसुरमा तीन बालकलाई १५ दिनको जेल सजाय सुनाईएको छ । जिल्ला अदालत उदयपुरले एक १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको कसुरमा तीन बालकलाई १५ दिन कैद सजायको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले १०, ११ र १३ वर्षीय तीनैजना बालकलाई यौन दुव्र्यवहरा गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो।

कसुरदार सबै बालक रहेकाले अदालतले यस्तो फैसला सुनाएको हो। बालिकालाई तीनै बालकले २०७५ असार १ गते विद्यालयबाट घर फर्कने क्रममा बलात्कारको प्रयास गरेका थिए । घटनाको २० दिनपछि पीडितले विद्यालयका अन्य साथीलाई सबै कुरा सुनाएपछि घटना बाहिर आएको थियो ।

 

Logo