काठमाडौं । तिहार अर्थात फूलहरुको पर्व । नेपालीहरुको दोश्रो ठूलो पर्वका रुपमा लिईने तिहारमा अत्याधिक मात्राको फूलको खपत हुने गर्दछ । "/>

तिहारमा २२ लाख फूलको खपत, सयपत्री मात्रै १७ लाख

तिहारमा २२ लाख फूलको खपत, सयपत्री मात्रै १७ लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तिहार अर्थात फूलहरुको पर्व । नेपालीहरुको दोश्रो ठूलो पर्वका रुपमा लिईने तिहारमा अत्याधिक मात्राको फूलको खपत हुने गर्दछ । तिहारमा देवता, पशुपंक्षी, औजार, हातहतियारदेखि मान्छेको समेत पूजा गरिने भएकाले पनि फूलको खपत अत्याधिक हुने गरेको हो ।

तिहारमा विभिन्न देवदेवता, कुकुर, गाई, गोरुदेखि मान्छेको घाँटीमा समेत माला लगाई दिने चलन छ । घरको ढोकादेखि भाडाकुडा समेत मालाले सजाईन्छ । कृषि औजारदेखि मेसिनरी सामाग्रीहरुलाई समेत माला लगाई दिने चलन छ । भाईटिका र नेवार समुदायले गर्ने म्ह पूजा (आत्म पूजा) मा पनि अधिक मात्रामा फूलको प्रयोग हुन्छ ।

तिहारलाई मात्रै २२ लाख फूल

तिहारमा सयपत्री, मखमली, गोदावरी र प्लास्टिकका फूलहरु अधिक मात्रा प्रयोग हुन्छ । पुष्प व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एशोसिएसन नेपालको तथ्याकं अनुसार यस बर्ष तिहारमा मात्रै करिव २२ लाख फूलको खपत हुन्छ । गत बर्ष करिव १७ लाख फूलको खपत भएको एशोसिएसनको तथ्यांक छ । तिहारमा प्लास्टिक फूलका मालाहरु पनि अधिक मात्रामा प्रयोग हुने गरेका छन् ।

४ लाख सयपत्रीको माला आयात

नेपालमा दैनिक १७ हजार सयपत्रीको मालाको व्यवसायीक कारोबार हुने गरेको छ । तिहारमा मात्रै १५ लाख सयपत्रीको माला खपत हुने भएको छ । यस बर्ष तिहारको लागि २० प्रतिशत सयपत्रीका माला भारतको कलकत्ताबाट आयात हुने एशोसिएसनले जनाएको छ । ४ लाख सयपत्री मालाको आयात हुँदा आन्तरिक आपुर्ति १३ लाखको हुने एशोसिएसनका उपाध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

सयपत्री फूलको धादिङ्ग, चितवन, धनुषा, मकवानपुर, झापा, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर गरी ९ वटा जिल्लामा विशेष गरी व्यवसायीक रुपमा उत्पादन गरी आन्तरिक आपुर्ति गरिन्छ । नेपालमा प्रतिवर्ष ६१ लाख २० हजार सयपत्रीको माला खपत हुन्छ । प्रति माला औषत थोक मुल्य ५० रुपैंया रहने छ । तिहारका लागि मात्रै ९ करोड रुपैंया भन्दा बढीको सयपत्री मालाको कारोबार हुने तथ्यांक छ । सयपत्री फूलको वार्षिक कारोवार झण्डै ३९ करोड रुपैंयाको हुने तथ्यांक छ ।

२ लाख मखमलीको माला निर्यात

तिहारमा अत्यावश्यक फूल हो मखमली । विशेषतः भाईटिकाका लागि मखमलीको माला अत्यावश्यक मानिन्छ । कहिल्यै नसुक्ने फूलका रुपमा लिईने मखमलीको नेपालमा लामो समयदेखि व्यवसायीक खेती हुँदै आएको छ । यो फूलसँग विभिन्न धार्मिक आस्थाहरु समेत जोडिएका छन् ।

तिहारमा ७ लाख वटा मखमली फूलको माला खपत हुने गर्छ । ति मध्ये नेपालमा मात्रै ५ लाख मखमलीको माला खपत हुने गर्दछ । बाकी २ लाख माला निर्यात हुने गरेको छ । विशेषतः परदेशिएका नेपालीहरुले मखमलीको फूल मगाउने व्यवसायीहरु वताउछन् । कतार, मलेशिया, दुबई, जापान, अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका मुलुकहरुमा मखमली पूmलको माला निर्यात हुने गर्दछ । मखमली फूलको प्रति माला औषत थोक मुल्य २५ रुपैंया हुने गर्छ ।

तिहारमा सयपत्री र मखमलीपछि अत्याधिक खपत हुने फूल हो गोदावरी। विभिन्न रङमा उपलब्ध हुने हुँदा गोदावरी फूललाई सजावतका लागि प्रयोग गर्ने गर्दछ । तिहारमा मात्रै गोदावरी फूलका १० हजार भन्दा बढी माला खपत हुने व्यवसायीहरु बताउछन् ।

Skip This
Skip This
Logo