धनुषा
प्रदेश नं २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव सङ्कलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ ।
प्रदेश नं २ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । समितिका सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन् । सो आयोगलाई ४५ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो ।
स्थायी राजधानीको विषयमा दलहरुबीच खासै विवाद नदेखिए पनि नामाङ्कनका विषयमा मतभिन्ता देखिएको छ । सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालले प्रदेशको नाममा ‘मधेश’ तथा विपक्षी दलहरु नेकपा र काङ्ग्रेस लगायत सांसदले मिथिला, ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन् ।
आयोगले प्रदेशको राजधानी र नामाङ्कनको विषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, सङ्घसंस्था तथा बढी भन्दा बढी व्यक्तिसँग सल्लाह र सुझाव सङ्कलन गर्नेछ ।
रासस





























प्रतिक्रिया