काठमाडौँ

अब मंसिर १ गते देखि माइक्रोबसका चालकले पनि ड्रेस लगाउनु पर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो विषयमा ट्राफिक प्रहरी महाशाखा र व्यवसायीबीच समझदारी भइसकेको बताउनुभयो । "/>

मंसिर १ गते बाट माइक्रो चालकलाई पनि अनिवार्य ड्रेस

मंसिर १ गते बाट माइक्रो चालकलाई पनि अनिवार्य ड्रेस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अब मंसिर १ गते देखि माइक्रोबसका चालकले पनि ड्रेस लगाउनु पर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो विषयमा ट्राफिक प्रहरी महाशाखा र व्यवसायीबीच समझदारी भइसकेको बताउनुभयो ।

‘सुरुमा ट्याक्सीमा यो अभ्यास ग¥यौं, प्रभावकारी भयो त्यसैले उपत्यकाका माइक्रोमा पनि सुरु गर्दै छौं’, सिटौलाले भन्नुभयो– ‘त्यसपछि विस्तारै देशैभरका सबैखाले सवारीमा चालकको आफ्नै ड्रेस हुन्छ, ट्याक्सीमा जुन गुनासो आएको थियो ड्रेस लगाएपछि कमी हुँदै आएको छ ।’

माइक्रो चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनु पर्ने सिटौलाले जनाउनु भयो । लामो दूरीका गाडीमा पनि ड्रेसको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo