काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वभरि नै अहिले कम्युनिस्ट आन्दोलन रक्षात्मक भइरहेको अवस्थामा नेपालमा भने दुई ठूला कम्युनिस्टहरु एक भई दुई तिहाइको सरकार बन्नु ऐतिहासिक परिघटना भएको बताएका छन् । "/>

पार्टी एकता ऐतिहासिक परिघटना : प्रचण्ड

पार्टी एकता ऐतिहासिक परिघटना : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वभरि नै अहिले कम्युनिस्ट आन्दोलन रक्षात्मक भइरहेको अवस्थामा नेपालमा भने दुई ठूला कम्युनिस्टहरु एक भई दुई तिहाइको सरकार बन्नु ऐतिहासिक परिघटना भएको बताएका छन् ।

नेकपा चितवनले आइतबार भरतपुरमा आयोजना गरेको चाडपर्व शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिस्टहरु बलियो भएको देखेर देश भित्र र बाहिरका तत्वहरु आफूहरुलाई कमजोर पार्न कसरत गरिरहेको बताए । गत वर्ष तत्कालिन एमाले र माओवादी केन्द्र एक भई चुनावी साझा घोषणापत्र बनाउने वित्तिकै देखि एकता प्रक्रिया विथोल्न केही देशीविदेशी तत्वहरु सक्रिय भए पनि पार्टी नेतृत्वमा रहेकाहरु इमान्दार रहेकाले अडिग रहेको उनले उल्लेख गरे ।

कुनै पनि वस्तुको विकास र विनाश अरुको कारण नभइ आफ्नै कारणले हुने भन्दै अध्यक्ष प्रचण्डले एक भएको कम्युनिस्ट पार्टी अरुका कारण नभइ आन्तरिक कारणले कमजोर हुन सक्नेमा नेतृृत्व सचेत रहेको बताए । साथै उनले कार्यकर्तालाई आत्मकेन्द्रीत नहुन, संक्रिण नबन्न समेत सुझाएका छन् ।

प्रचण्डले स्थानीयतह सम्म र पार्टीका जनवर्गीय संगठनहरुको एकता छिटै सम्पन्न हुने बताएका छन् । सरकारको काम र केही मौलिक हक अधिकारसँग सम्बन्धित ऐनहरु जारी गर्नुपर्ने भएकाले ढिला भएको उल्लेख गर्दै प्रचण्डले प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकता छिटै हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे ।
नयाँ पत्रिकाबाट

Logo