कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डको अनुसन्धानमा लार्पबाही गर्ने डिएसपीद्वय अंगुर जिसी र ज्ञान बहादुर सेठीको टिमलाई पनि बर्खास्ती गर्न अधिकारकर्मी र निर्मलाका अभिभावकले माग गरेका छन् । "/>

सिआईबीका डिएसपी जिसी र ज्ञानबहादुरलाई बर्खास्तको माग : निर्मला हत्याकाण्ड

सिआईबीका डिएसपी जिसी र ज्ञानबहादुरलाई बर्खास्तको माग : निर्मला हत्याकाण्ड

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डको अनुसन्धानमा लार्पबाही गर्ने डिएसपीद्वय अंगुर जिसी र ज्ञान बहादुर सेठीको टिमलाई पनि बर्खास्ती गर्न अधिकारकर्मी र निर्मलाका अभिभावकले माग गरेका छन् ।

निर्मलाको शव उखुबारीमा फेला परेकै दिन तत्कालिन कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सेठीकै उपस्थितिमा प्रमाण नष्ट भएको र केन्द्रीय अनुसन्धान ब्यूरोका अर्का डिएसपी जिसीले अनुसन्धानमा गम्भिर लार्पबाही गरेकाले दुवैलाई बर्खास्तीको माग अघि सारेका हुन् ।

अधिकारकर्मी र निर्मलाका अभिभावकले घटनामा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरीका प्रमुख ईन्सपेक्टर जगदिश भट्टको मात्रै दोष नभएकाले घटनाको अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृत एवं कर्मचारीले लार्पबाही गरेकाले उनीहरु माथी कार्बाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शव फेला परकै दिन निर्मलाको सुरुवाल पखाल्ने देखि निर्दोष दिलिप विष्टलाई फसाउनका लागि उनको घरबाट कमिज खल्ती च्यातेर ल्याउन लगाउने अधिकृतलाई कानुनी दायरामा नल्याएसम्म एकदुई जनालाई बलीको बोको बनाएर दोषि पत्ता नलाग्ने अधिकारकर्मीको ठोकुवा छ । अधिकारकर्मीले घटनालाई तोडमोड गर्नका लागि दुई जना प्रहरीलाई मात्रै बर्खास्ती गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo