काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारी आज कतार जाने कार्यक्रम छ । आइतबारको मन्त्रीपरिषद बैठकले राष्ट्रपति भण्डारीको सोमबार ( आज ) देखि हुने मित्र राष्ट्र कतार भ्रमण स्वीकृत गरेको छ ।
राष्ट्रपति भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा आज कात्तिक १२ देखि १५ गतेसम्म प्रतिनिधिमण्डलका साथ त्यहाँको भ्रमण गर्दै छिन् । नेपाल–कतारबीच द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्ने सो भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
उक्त अवसरमा कृषि तथा पशुपक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोग सम्बन्धी, प्रेस तथा सूचना सम्बन्धी तथा दुवै देशका कूटनीतिक राजदानी वाहकका लागि प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर हुने तयारी छ ।





























प्रतिक्रिया