काठमाडौँ

अब देखि बेमौसमी महिनामा विवाह नहुने भएको छ । केही वर्ष यता पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अब देखि पण्डितहरूले यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका हुन् । "/>

अब बेमौसमी महिनामा विवाह नगरिने पण्डित सम्मेलनको निर्णय

अब बेमौसमी महिनामा विवाह नगरिने पण्डित सम्मेलनको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अब देखि बेमौसमी महिनामा विवाह नहुने भएको छ । केही वर्ष यता पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अब देखि पण्डितहरूले यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका हुन् । देशभरका पण्डितको पाँचौं सम्मेलनले यस्तो निर्णय र निर्देशन गरेको हो ।

‘भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा विवाह गर्ने कार्यलाई नितान्त बन्द गर्ने विषयमा यो सम्मेलन मुलुकभरका सबै पण्डितलाई निर्देशन र आह्वान गर्दछ’, राजधानीमा दुई दिन चलेको सम्मेलनको अन्तिम दिन शनिबार १५ बुँदे घोषणापत्र जारी गर्दै घोषणापत्रका संयोजक एवं संस्कृतिविद् श्रीकृष्ण अधिकारीले भने ।

सम्मेलनमा पण्डितहरूको आचरण, अध्ययन, कर्मकाण्डी तरिका, लोभलालच, अल्पज्ञान र अनावश्यक निर्णय तथा निर्देशन गर्ने विषयमा गहन ढंगले आवाज उठेपछि यस्तो निर्णय गरिएको थियो । उनले थपे, ‘अब देखि यी महिनामा विवाह गर्ने काम बन्द गरौं, कसैले सोधेमा वा साइत निकाल्न भनेमा स्पष्ट रूपमा हुँदैन, गर्दैनौं भनि दिनोस् ।’

राष्ट्रिय धर्मसभा नेपालले आयोजना गरेको सम्मेलनमा काठमाडौंका पण्डित देवीप्रसाद पाठकले कर्मकाण्डको एउटै किताब भए पनि काममा एकरूपता नहुँदा असल पण्डित पनि आलोचित हुनु परेको बताए । उनले भने, ‘कुन गुरु साँचो हुन् भनेर छुट्याउन कठिन छ । अब सबैलाई परिचयपत्र र एउटै पोसाकको व्यवस्था गर्नुपर्छ, नभए जहिले पनि विवाह आशौचमा परेकाले पनि कर्मकाण्ड गर्ने प्रवृत्ति बढ्यो ।’

धर्मसभाका अध्यक्ष डा. माधव भट्टराईले शास्त्रविपरीतका काम गर्नु पण्डितको धर्म नभएको बताए । उनले भने, ‘कर्मकाण्ड, ज्योतिष आदि क्षेत्रमा आइरहेका विकृति निराकरण गर्न एवं वैदिक सनातन धर्मसंस्कृतिका मूल्य मान्यता माथि दिनप्रतिदिन बढ्दै गइरहेको छ । अतिक्रमणको प्रतिकार गर्दै त्यसले निम्त्याएका विकृति निवारण गर्न सबै पण्डित एकजुट भएका छौं ।’

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले ज्योतिषी समेत विवादित भएको भन्दै धर्मसंस्कृति जोगाउन नसके राष्ट्रियता खतरामा पर्ने चेतावनी दिए । उनले भने, ‘ पण्डितको महत्व विशेष छ, सफेद पहिरन र सात्विक भोजनबाट बिटुलिन हुँदैन ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo