काठमाडौँ

केन्द्रीय कारागार स्थानान्तरण गर्ने उद्देश्य सहित नुवाकोटमा निर्माणाधीन कारागार चालु आर्थिक वर्षको अन्त्य देखि नै सञ्चालनमा आउने भएको छ । "/>

नुवाकोटको केन्द्रीय कारागार यसै वर्ष देखि सञ्चालनमा आउने

नुवाकोटको केन्द्रीय कारागार यसै वर्ष देखि सञ्चालनमा आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

केन्द्रीय कारागार स्थानान्तरण गर्ने उद्देश्य सहित नुवाकोटमा निर्माणाधीन कारागार चालु आर्थिक वर्षको अन्त्य देखि नै सञ्चालनमा आउने भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले नुवाकोटको त्रिशूलीमा एकहजार पाँच सय जना रहनसक्ने क्षमताको कारागार रहने छ । एउटा पुरुष ब्लक निर्माण कार्य असार सम्म सम्पन्न भई सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

नुवाकोटको त्रिशूलीमा ५३९ रोपनी क्षेत्रफलमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार बनाउने लक्ष्य अनुसार निर्माण भइरहेको कारागारमा एक हजार पाँचसय जना रहने क्षमताको चारवटा पुरुष ब्लक र एकहजार जना क्षमताको एउटा महिला ब्लक गरी जम्मा पाँचवटा ब्लक निर्माण गरिने जानकारी महानिर्देशक मैनालीले दिनुभयो ।

०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानन्तरण गर्ने निर्णय गरेको थियो । निर्माणाधीन उक्त कारागारमा काठमाडौँस्थित केन्द्रीय कारागारका कैदीबन्दीलाई सारिने योजना रहेको जानकारी उहाँले दिनुभयो । कारागार निर्माणका लागि ५३९ रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ ।

निर्माणाधीन उक्त कारागारमा पुरुष, महिला, समलिङ्गी, तेस्रोलिङ्गी, जघन्य अपराधमा संलग्न, मानसिक रोगीका लागि समेत छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । त्यसैगरी कैदीबन्दीको प्रजनन अधिकारको कार्यान्वयनका लागि पति–पत्नी भेटघाट कक्ष निर्माण गर्नुका साथै विभिन्न उमेर समूहका कैदीबन्दीहरुलाई समेत छुट्टाछुट्टै राखिने गरी उक्त कारागार निर्माण भइरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
गोरखापत्रबाट

 

Skip This
Skip This
Logo