काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने भएको छ । बैठकको तयारीबारे पार्टी सभापति शेरबहादुर देउवा सहित केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्लाका कार्यसमितिको संयुक्त बैठकले स्थानबारे निर्णय गरेको हो । "/>

कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा हुने तय

कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा हुने तय

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने भएको छ । बैठकको तयारीबारे पार्टी सभापति शेरबहादुर देउवा सहित केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्लाका कार्यसमितिको संयुक्त बैठकले स्थानबारे निर्णय गरेको हो ।

महासमिति बैठक मंसिर ५ देखि ९ गते सम्म हुने कांग्रेस केन्द्रीय कार्यसमितिले भदौ ९ गते निर्णय गरेको थियो ।

यस्तै बैठकले नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र २०७५ कार्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा हुने जलपान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र व्यवस्थित गराउन आवश्यक तयार गर्न सभापति देउवाले निर्देशन दिएका छन् ।

महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक सोमबार बस्ने छ ।
नागरिकबाट

Logo