दैलेख

दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । "/>

श्रीमान श्रीमतीको घरायसि झगडाका कारण छोरालाई विष खुवाई हत्या

श्रीमान श्रीमतीको घरायसि झगडाका कारण छोरालाई विष खुवाई हत्या

केन्द्रबिन्दु
0
Shares

दैलेख

दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ ।

ती महिलाले आफ्नै छोरालाई विष सेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको छ । अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरा सहित आफूले पनि विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बालक आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विष सेवन गरेका आमा कल्पना नेपाली र छ महिनाका अर्का छोरा अङ्कित नेपालीको अवस्था गम्भीर छ ।

उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ । कल्पनाका श्रीमान् सुजन नेपालीले दिनहुँ जसो श्रीमतीलाई मदिरासेवन गरी कुटपिट गर्ने हुँदा कल्पनाले आफूले पनि विष सेवन गरेको र बच्चाहरुलाई पनि विष सेवन गराएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शनिबार बिहान पनि कल्पना र उनका श्रीमान् सुजन नेपालीको सामान्य झगडा परेको र श्रीमान् घरबाट बाहिर निस्किएपछि घटना घटेको प्रहरीले जनाएको छ । घटना दिउँसो २ बजेतिर भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनीहरुले उडुस मार्ने विषादी प्रयोग गरेका थिए ।
रासस

Skip This
Skip This
Logo